४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
चूरे संरक्षण कार्यक्रममा अमित ठकुरीलाई मायाको चिनो ।।।
चूरे संरक्षण कार्यक्रममा अमित ठकुरीलाई मायाको चिनो ।।।
संवाददाता २३ बैसाख दूरबिन डाँडा । सिरहाको धनगढीमाई १३ स्थित भाल्टार डाँडाको छाप्रे होटल परिसरमा ” हामी सबै चुरे संरक्षणमा लागौं , आजैबाट संरक्षणमा जुटौं ” भन्ने मूल नाराका साथ चोहर्वा युवा क्लबको आयोजनामा चुरे वन संरक्षण अभियानमा धनगढीमाई १४, का वाडा अध्यक्ष अमित ठकुरी ज्युलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको छ ।
श्री शेरगणबाट साईकल रेसहित धनगढीमाई १३ को भाल्टार डाँडामा आएका नेपाल आर्मीका टोलीले स्थानीय स्तरमा रहेको चुरे संरक्षण अभियान अन्तर्गत उक्त ठाउँमा आज विशेष कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहनुका साथै चोहर्वा कल्बका पधाधिकारी ज्यूहरु ,समाजसेवी पत्रकार , स्थानीय युवा दिनेश यादव , लगायत नेपाल आर्मीका वरिष्ट अधिकारी ज्यूहरुकाे सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल खेलकुद सिरहाका अध्यक्ष श्रवन ठकुरी ज्यूको उद्घोषणमा संचालित कार्यक्रममा बक्ता ज्यूहरुले चूरे संरक्षण अभियानको बारेमा अा आफ्ना धारणा राखेका थिए भने आयोजित कार्यक्रममा अथिती ज्यूहरुलाई सम्मान गर्दै धनगढीमाई १४ का बौद्धिक वाडा अध्यक्ष अमित ठकुरी ज्युलाई कार्यक्रममा विशेष सम्मान स्वरूप मायाको चिनो प्रदान गरिएको थियो ।






