रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21पृथ्वीजयन्तीका दिन कीर्तिपुरको ढुङ्गोमा थुक्छौँ : आङकाजी शेर्पा
पृथ्वीजयन्तीका दिन कीर्तिपुरको ढुङ्गोमा थुक्छौँ : आङकाजी शेर्पा
थाङ्मीचागु डट कम संवाददाता
काठमाडौँ । पुस २७ गते पृथ्वी जनयन्तीका दिन आदिवासी जनजाति महासंघ लगायतका संघ संस्थाहरुले आन्दोलन गर्ने भएका छन् । सार्वजनिक विदा दिने सरकारको निर्णयविरुद्ध आन्दोलन गर्न लागेको जनजाती नेता आङ्काजी शेर्पाले जानकारी दिए ।
सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस बनाउनेबारे सञ्चार माध्यमबाट थाहा पाएको बताउँदै पृथ्वीनारायण शाह राष्ट्रिय एकताको प्रतीक हुन नसक्ने भन्दै बिरोध पर्दशन गर्न रातोपाटीलाई बताए । कीर्तिपुरमा रहेको ढुङ्गामा थुक्ने कार्यक्रमदेखि बिरोध र्याली र सभा गर्न लागेको उनले बताए । पुस २७ गते न्यूरोड गेटदेखि बिरोध र्याली सुरु गरेर हनुमानढोका दरबारमा विरोध सभा गर्न लागिएको बताए ।
सरकारले यो वर्ष पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने तयारी गरेको छ ।
आङकाजी शेर्पा