थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
पृथ्वीजयन्तीका दिन कीर्तिपुरको ढुङ्गोमा थुक्छौँ : आङकाजी शेर्पा
पृथ्वीजयन्तीका दिन कीर्तिपुरको ढुङ्गोमा थुक्छौँ : आङकाजी शेर्पा
थाङ्मीचागु डट कम संवाददाता
काठमाडौँ । पुस २७ गते पृथ्वी जनयन्तीका दिन आदिवासी जनजाति महासंघ लगायतका संघ संस्थाहरुले आन्दोलन गर्ने भएका छन् । सार्वजनिक विदा दिने सरकारको निर्णयविरुद्ध आन्दोलन गर्न लागेको जनजाती नेता आङ्काजी शेर्पाले जानकारी दिए ।
सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस बनाउनेबारे सञ्चार माध्यमबाट थाहा पाएको बताउँदै पृथ्वीनारायण शाह राष्ट्रिय एकताको प्रतीक हुन नसक्ने भन्दै बिरोध पर्दशन गर्न रातोपाटीलाई बताए । कीर्तिपुरमा रहेको ढुङ्गामा थुक्ने कार्यक्रमदेखि बिरोध र्याली र सभा गर्न लागेको उनले बताए । पुस २७ गते न्यूरोड गेटदेखि बिरोध र्याली सुरु गरेर हनुमानढोका दरबारमा विरोध सभा गर्न लागिएको बताए ।
सरकारले यो वर्ष पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने तयारी गरेको छ ।
आङकाजी शेर्पा





