थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
पृथ्वीनारायण शाह एकताको प्रतीक होइन जन हत्यारा बिभाजनकारी एकल नश्लिए हिन्दुबादी थियोे ।पृथ्वीनारायण शाहले नेपाललाई कसरी बिभाजन गरेको थियो..!?
पृथ्वीनारायण शाह एकताको प्रतीक होइन जन हत्यारा बिभाजनकारी एकल नश्लिए हिन्दुबादी थियोे ।
पृथ्वीनारायण शाहले नेपाललाई कसरी बिभाजन गरेको थियो..!?
१) जुन दिन पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दुस्थान भने, त्यही दिनदेखि हिन्दु र बौद्ध, मुस्लिम, किरात, बौन धर्महरूको बीच विभाजनको रेखा कोरियो
(२) जुन दिन किर्तिपुरका नेवारहरूको १४ धार्नी नाक, कान काटियो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(३) मुलुकी ऐनले जुन दिन तागाधारी र मतवाली (मासिने र नमासिने÷कमारा कमारी बनाउन मिल्ने र नमिल्ने), तागाधारी (खस आर्य कमारा कमारीको मालिक र मासिने मतवाली कमारा कमारी) र शुद्ध जाति (तागाधारी) अछुत (दलित) बनाइयो त्यही दिनबाट समाज विभाजित भयो
(४) जुन दिन भूमि सम्-बन्धी ऐन ल्याएर लिम्बु तथा अन्य मुलबासीको जमिन खोसेर सत्ताधारी जातिले खाए अनी मुलबासी हरू भोकभोकै मर्ने अवस्थामा पुगे त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(५) जुन दिन मुलबासिको थातथलो, खोलानाला, संस्कृति र मौलिक आस्था र पहिचानका नाम मेट्दै शासकहरूको सांस्कृतिक र पहिचान जनाउने नाम राख्न थालियो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(ट) जुन दिन आफ्ना भाषा बोल्न हजारौं समुदाय हरूलाई अपराधी भनी कारबाही गरी भारत निर्वासित गरियो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(७) जुन दिन कुटीकुटी कलिला मातृभाषी नानीहरूलाई स्कुलमा ‘य’ माने यज्ञ ‘क्ष’ माने क्षत्री ब माने ब्राह्मण भनी घोकाइयो र नसक्दा फेल पारियो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(८) जुन दिन संविधानले एक जाति, एक देश, एक भाषा एक भेष भन्दै साम्प्रदायिक नितिलाई लदाइयो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(९) जुन दिन सृष्टिकाल देखीनै गाई खाने समूदायलाई अपराधी बनाउदै सर्वस्वहरण र अहिले १२ बर्ष जेल ठोकियो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(१०) जुन दिन मुलबासी मङ्गोल भुमिपुत्र लाई सखाप पार्न पहिलो र दोस्रो विश्वयुद्धमा छात्ती नाप्दै अर्काका लागि मर्न र मार्न पठाइयो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(११) जुन दिन सुर्खेतको काँक्रे विहारमा बुद्धको मुर्तिलाई स्थापना गर्न नदिई शान्तिवादी भिक्षुहरूलाई लाठी लाएर भगवान बुद्धको मुर्ति खोसी सिडिओ कार्यलयको ट्वाइलेटमा फालियो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(११) जुन दिन सरकार, सत्ताधारी पार्टी र प्राधिकरणको टेबुलमा बसेर खेइहरूले मनोमानी तरिकाले नक्सा कोर्दै काठमाडौंका नेवाःहरूको घर भत्काउँदै आफ्ना घरमा जाने बाटो बनाए, चिल्ला गाडी गुड्ने सडक बनाए त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(१२) जुन दिन पहिचानको मुद्दाको कुरा गर्दा जालझेल गरी राज्य बिरुद्धको अपराधमा बर्षौं जेलमा कोचियो त्यहिबाट विभाजनको रेखा कोरियो
(१३) जुन दिन शहिदको छोराछोरीको छात्रबृत्ति खोसेर नेताले आफ्ना छोराछोरी विदेश पढ्न पठाए त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(१४) जुन दिन मुलबासी मङ्गोल हरुले जोगाएर राखेको वन जंगल खोसेर राष्ट्रिय निकुञ्ज बनाउँदै सेना लगाएर निकुञ्ज क्षेत्रका जनताको घर गोठ डढाएर लखेटे त्यही दिनबाट विभाजनको रेखा कोरियो
(१५) जुन दिन थारुहरूको भूमि सित्तैमा खोसियो र त्यतिले पनि नपुगेर उसैलाई कमैया बनाइयो । बराबरको अधिकार माग्दा टिकापुर घट्ना घटाई जेलनेल ठोकियो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(१६) जुन दिन आदिवासीको भूमिमा रहेको खोला काठमाडौंमा बसेर आफ्ना नाममा दर्ता गरी विदेशीलाई बेचियो र विद्युत निकाल्ने नाममा आदिवासी र स्थानीयलाई विना व्यवस्था विस्थापन गरी विचल्ली बनाइयो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(१७) जुन दिन आदिवासी मधेशी, दलित, मुश्लीमले कहिल्यै चुनाव नजित्ने काननू र संरचना बनाइयो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(१८) जुन दिन खस आर्य परिभाषासहित संवैधानिक जाती भए र खस आर्यलाई ७५ प्रतिशत (प्रत्यक्ष वा अप्रत्यक्ष) आरक्षण सुरक्षित गरे । सोही संविधानमा आदिवासी, मधेशी, मुश्लिम, दलितको परिभाषा गरिएन त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(१९) जुन दिन पहिलो संविधानसभा र अन्तरिम संविधान विपरित स्वायत्त र स्वशासन खारेज गरी केन्द्रीकृत राज्य बनाइयो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(२०) जुन दिन नेवाःको भूमि सित्तैमा खोसेर सिंहदरबार, नारायण हिटी, टुँडिखेल, विश्वविद्यालय बनाइयो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(२१) जुन दिन रामप्रसाद राई, लखन थापा मगर रत्न कुमार बान्तावाहरूलाई झुक्काएर मारियो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(२२) जुन दिनदेखि ३ प्रतिशतको थ्रेस होल्ड लगाइयो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(२३) जुन दिन मधेशीलाई विहारी, आदिवासीलाई विखण्डनकारी भन्दै रगतको होली खेलियो त्यही दिनदेखि विभाजनको रेखा कोरियो ।
(२४)जुन दिन नेपाली नागरिकतामा आफ्नो परम्परागत धर्म किरात बौन बुद्धिस्ट मुस्लिम भनेर नलेखाएर धर्म हिन्दु भनेर जबर्जस्ती लेखियो त्यहै बाट बिभाजनको रेखा कोरियो!
(२५)जून दिन धनकुटा खुकुछिन्ताङ हत्या काण्ड मच्च्यइ २७ जना भुस्तिक्रे राई हरु लाई एकै छाकमा भुटेर खाए त्यहै बाट बिभाजनको रेखा कोरियो । सन्तोष ठान्टी थाङ्मी





