एमाले महासचिव पोखरेलले बिजौरीबाट गरे मतदान ।।।

0Shares

प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९
एमाले महासचिव पोखरेलले बिजौरीबाट गरे मतदान ।।।

दाङ — एमाले महासचिव शंकर पोखरेलले आइतबार तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीस्थित जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गरेका छन् ।मतदानपछि पोखरेलले संक्षिप्त धारणा राख्दै देशमा बहुमतसहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताए ।

देशको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता परेको र यो निर्वाचनले त्यो शक्ति निर्माण गर्ने विश्वास उनले व्यक्त गरे । पोखरेल दाङ–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । उनले आफू उम्मेदवार रहेकै क्षेत्रबाट मतदान गर्न पाएका छन् ।
क्षेत्र नं. २ मा ४८ मतदानस्थल र १ सय ४६ मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले जनाएको छ । यस क्षेत्रमा १ लाख ३३ हजार ७ सय ४८ मतदाता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *