सांस्कृतिक पहिचान जोगाउँदै गोरु दौड प्रतियोगिता सम्पन्न ।।।

0Shares

सांस्कृतिक पहिचान जोगाउँदै गोरु दौड प्रतियोगिता सम्पन्न ।।।

विनोद मण्डल कार्तिक २३ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं ५ कल्यानपुरमा बैलगाडा दौड प्रतियोगिता सम्पन्न भएको छ ।

कार्तिक पुर्णिामाको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको गोरु दौड प्रतियोगिता सिराहा जिल्लाको पूर्वी भेगमा हरेक वर्ष आयोजना हुँदै आएको छ ।

धार्मिक मान्यताका आधारमा बैल गाढा सहित गोरु प्रतियोगितामा भाग लिनु अघि वर्षौंदेखि गोरुलाई खानपिनमा गोरु धनीहरुले विशेष ध्यान दिएको हुन्छ ।

समाजमा तत्कालीन अवस्थामा गोरु धनीहरुले गोरुलाई नावैर (स्थानिय भाषा) मा खैर सहितको खानपिन गराएर गोरुलाई वर्षौ पालेर प्रतियोगिताको दिनमा गोरुलाई सिङमा तेल लगाएर सिँगार पटार गरिन्छ त्यसपछि गोरुको नाकमा थोरै तेल हालेर घाँटीमा घण्टी बाधेर गाढा सहित प्रतियोगिता स्थलमा लगिन्छ ।

आयोजीत प्रतियोगितामा बलान बिहुल गाउँपालिका वडा नं. २ दिघियाको बैजनाथ यादवको गोरु प्रथम, भगवानपुर गाउँपालिका वडा नं. ४ ठाडीको सुभाष यादवको गोरु दोस्रो र बोदेबरसाईन नगरपालिका वडा नं. ३ गौराको मुकेश कुमार यादवको गोरु तृतीय भएको छ । मेला वडा नं. ५ को पहलमा लगाईएको आयोजक कमिटीका अध्यक्ष रामसेवक यादवले बताए ।

बिजेताहरुलाई पुरस्कार सहित सम्मानपत्र प्रदान गरिएको
मेला व्यवस्थापक हरिनन्दन यादवले बताए । प्रतियोगिता स्थलमा करिब हजार दर्शकको उपस्थित रहेको स्थानियलाई उदृत गर्दै रहमुलले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *