मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
निर्माणको पर्खाइमा कमला पुल ।।।
निर्माणको पर्खाइमा कमला पुल ।।।
विनोद मण्डल कार्तिक १० । सिराहा र धनुषा जिल्लाको सिमानामा अवस्थित कमला नदीको पुल भासिएपछि आवत जावतमा कठिनाई उत्पन्न भएको अवस्था रहेको पाईन्छ । पुलबाट वारी पारी गर्नका लागि अत्यन्त कठिन यात्राको सामना गरिरहनु परेको छ । सिराहा सदरमुकामदेखि करिब 2 किलोमीटरको दूरीमा रहेको यस पुलबाट सिराहा धनुषा जिल्लाको बिभिन्न ठाउँहरूमा छिटो पुग्न सकिन्छ ।
झ्ण्डै १० वर्षमा निर्माण भएर सञ्चालन नहुँदै भासिएको सिराहा धनुषा जोडिने हुलाकी सडक खण्डको कमला पुलबाट तराई मधेशको लाइफ लाइन भनेर मुद्दा भजाउँदै आम जनताले भोट दिएर सत्ता र शक्तिमा गएकाहरू फेरि यही पुलकाे नारा देखाएर अनेकन बहाना बनाउन थालेका छन् ।
विजय भएर संसदमा गएर एक शब्द पनि नबोल्ने , लापरबाही गर्ने ठेकेदार ,प्राविधिक कर्मचारी लाई कारबाही गर्ने हैसियत नभएका नेता भनाउँदाहरुको अदुरदर्शिताका कारणले गर्दा कमला नदीको पुल ओझेलमा परेको छ ।
पुल भासिएपछि बासको भर्याङको प्रयोगले आम मानिसहरू कठिन यात्रा गरिरहेका छन् भने उक्त पुल प्रति सरकार निरिह दर्शक बन्दा स्थानीयमा चिन्ता बढेको पाईन्छ ।





