मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
एकैपटक संसद् छिरेका भुसाल र रायमाझीको अर्घाखाँचीमा प्रतिस्पर्धा ।।।
एकैपटक संसद् छिरेका भुसाल र रायमाझीको अर्घाखाँचीमा प्रतिस्पर्धा
अर्घाखाँची — २०६४ सालको संविधानसभामा छुट्टाछुट्टै निर्वाचन क्षेत्रबाट निर्वाचित भएर संसद् छिरेका टोपबहादुर रायमाझी र पुष्पा भुसाल गौतमबीच मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा हुँदैछ ।
त्यतिबेला रायमाझी तत्कालीन निर्वाचन क्षेत्र नं १ र भुसाल क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । माओवादीबाट त्यसयता दोस्रो संविधानसभा र २०७४ को चुनाव गरी लगातार तीनपटक सांसद बनेर पटकपटक मन्त्रीसहित उपप्रधानमन्त्री बनेका रायमाझी अहिले एमालेबाट उम्मेदवार छन् ।
समानुपातिक सांसद बनेकी भुसाल कांग्रेस संसदीय दलको सचेतक हुँदै उपसभामुख भइन् । पहिलो संविधानसभा चुनाव जितेर विभिन्न समितिमा बसी संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलिन् । दोस्रो संविधानसभा चुनावमा त्यही क्षेत्रबाट एमालेका डा. दुमन थापासँग भुसाल पराजित भइन् । ०७४ मा समानुपातिक सांसद बनिन् ।
लगातार तीनपटक माओवादीबाट चुनाव जितेका रायमाझी नेकपा विभाजनपछि पुष्पकमल दाहाललाई छाडेर केपी शर्मा ओलीतिर लागे । दुईपटक एक्लै र ०७४ मा एमाले साथै राष्ट्रिय जनमोर्चासहितको वाम गठबन्धनबाट जितेका थिए । अहिले माओवादी र राजमो उनीसँग छैनन् । एमालेको बलबाट चुनावमा भिड्दैछन् रायमाझी ।
स्थानीय तहको चुनावलाई हेर्दा जिल्लाका ६ स्थानीय तहका १२ पदमध्ये ८ पदमा एमालेले जितेको छ । ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले ३ वटा मात्रै पद जितेको थियो ।
१५ वर्षसम्म आफूले जिल्लामा धेरै बजेट भित्र्याएर विकास योजनाका काम गरेकाले ती काम पूरा गरी अर्घाखाँचीलाई विकास र समृद्धिमा नमुना जिल्ला बनाउने अभियानलाई पूरा गर्न आफूले जित्नुपर्ने रायमाझीको दाबी छ ।
पञ्चायतकालमा मन्त्री भएर जिल्लामा विकासको सुरुवात गरेका आफ्ना पिता काशिनाथ गौतमको सपना साकार पार्न र अर्घाखाँचीलाई नयाँ ढंगले विकास मोडललाई अगाडि बढाउन आफूले जित्ने दाबी भुसालको रहेको छ ।





