मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
एमाले महासचिव पोखरेल भन्छन् : प्रभु साहले गठबन्धनका नेतासँग षडयन्त्रपूर्ण साँठगाँठ गरे
एमाले महासचिव पोखरेल भन्छन् : प्रभु साहले गठबन्धनका नेतासँग षडयन्त्रपूर्ण साँठगाँठ गरे
काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहले अराजनीतिक षड्यन्त्र गरेको आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले साहले पार्टीलाई धोका दिएर स्वतन्त्र उम्मेदवारी दिएको बताएका हुन् ।
मधेस प्रदेशमा जसपासँग तालमेल गर्ने सम्झौता बैठकमा सहभागी भए पनि साहले अन्तिम समयमा धोका दिएको महासचिव पोखरेलको भनाइ छ । साथै साहले गठबन्धनका नेतासँगको षड्यन्त्रपूर्ण साँठगाँठ गरेको पनि पोखरेलले बताएका छन् ।
पोखरेलले लेखेका छन्, ‘प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी हुनु भो ।उक्त सहमतिपश्चात मधेस प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा बस्नु भो । निर्णयभएर अनुसार रौतहटको टिकट पनि लिएर जानु भो । तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफूले स्वतन्त्र उम्मेदवारी दिनु भो र अन्य क्षेत्रका उम्मेदवारको टिकटसमेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो । राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतिको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम गठबन्धनका नेतासँगको षडयन्त्रपूर्ण साँठगाँठ नै हो । रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै बुझेका छन् । मधेस प्रदेशमा नेकपा(एमाले) र जसपाबीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रूपमा सफल बनाऔँ ।’
एमालेका स्थायी कमिटी सदस्य प्रभु साहसहितका जिल्लास्तरका केही नेता मधेस प्रदेशमा प्रतिनिधिसभा तथा प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएर अलग भएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि साह समूहले २५ स्थानमा स्वतन्त्र उम्मेदवारी दिएको हो । जसपासँग मधेसमा चुनावी तालमेल गर्न नहुने पक्षमा रहेका साहले आफ्नै पार्टीको टिकट अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
रौतहट–३ मा स्वतन्त्र उम्मेदवारी दिँदै साहले जसपासँग गठबन्धन गरेर एमाले अपवित्र भएको दाबी गरेका थिए । २०६४ सालदेखि उनले आफ्नो गृहनगर मौलापुरसमेत पर्ने त्यस क्षेत्रबाट चुनाव जित्दै आएका छन् । प्रतिनिधिसभाअन्तर्गत मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये ८ वटामा विद्रोह भएको छ भने प्रदेशसभातर्फ १७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सम्बन्धित समाचार
साहको ‘विद्रोह’ बारे ओलीलाई रावलको प्रश्न : संदिग्ध र रंगिविरंगी सर्प किन हुर्काइँदैछ ?
एमालेबाट ‘विद्रोह’ गरेका साह अब कता ?





