मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
MNO-DGG मंगोल समुदायले गरे दशैं बहिष्कार ।।।।
MNO-DGG मंगोल समुदायले गरे दशैं बहिष्कार ।।।।

संवाददाता असोज २२ । हिन्दूहरूको चाड दसैंलाई मंगोल समुदायहरूले बहिष्कार गरेका छन् ।

मङ्गोल समुदायको पितापुर्खा माथि राज्यका तत्कालीन शासक वर्गहरू द्वारा लादिएको दशैं होली तिज शिवरात्रि जस्ता चापर्वहरु आफ्नो समुदायको धर्म संस्कृति नभएको मंगोल समुदायले बताएका छन् ।

सुनसरीको धरानमा आयोजित एक कार्यक्रमका बिच गत बर्षहरूलाई निरन्तरता दिदै जिल्ला मंगोल सभा सुनसरीले पुर्खाहरूकाे सम्झनामा श्रद्धाञ्जली शाेक सभा तथा दशै बहिष्कार सभा सम्पन्न गरेको थियो ।

धनकुटा जिल्लाकाे चुलिवनमा रहेको रिदमाहाङ्ग र राम्लिहङ्ग मङ्गोल पुर्खाहरुको सिस्ट्यचु परिसरमा भएको मङ्गोल पुर्खाको आत्मा सम्मान हिन्दुहरुको चाड दशै बहिष्कार सोक सभामा स्थानिय मंगोलहरुको बाक्लो उपस्थिती रहेको थियो । सभामा बोल्दै अधिकांश वक्ताहरुले राज्य सरकारले विगत लामो समयदेखि निरन्तर मंगोल समुदायमाथि प्रहार गरिरहेको बताएका छन् भने कार्यक्रममा पिता पुर्खाप्रति समवेदना समेत ब्यक्त गरिएको मंगोल समितिले जनाएको छ ।






