मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
सत्ता गठबन्धनमा सिट बाँडफाँटको सहमति, कुन क्षेत्र कसलाई ? [सूची]
सत्ता गठबन्धनमा सिट बाँडफाँटको सहमति, कुन क्षेत्र कसलाई ? [सूची]
आश्विन २१, २०७९ थाङ्मीचागु डट कम संवाददाता
माओवादी केन्द्रले ४५, एकीककृत समाजवादीले २० र राजमोले २ स्थान प्राप्त गर्ने, बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच बाँडफाँट हुने
काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सीट बाँडफाँटको जिम्मेवारी अन्य दलको सहमतिमा नेपाली कांग्रेसले गर्ने गरी सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।
लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ । कांग्रेस स्रोतका अनुसार गठबन्धनको नवप्रवेशी दल लोसपालाई प्रतिनिधिसभा १० स्थान र प्रदेशसभामा १९ स्थान दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक छन् ।
हेर्नुहोस सत्तारुढ गठबन्धनबीच भएको सहमति





