थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Wednesday, June 17, 2026
माधवप्रति बालेनको कटाक्ष : कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?
असोज १ काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रति कटाक्ष गरेका छन् । तीनकुनेको समस्या समाधान नगरेको भन्दै शाहले अब कुन मुख देखाएर जनता माझ भोट माग्न जाने भन्दै प्रश्न गरेका हुन् ।

उनले लेखेका छन्, आदरणीय माधव नेपालज्यू तथा सम्माननीय राष्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो राष्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाईंकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।’




