थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
एमालेले समानुपातिक उम्मेदवारको टुङ्गो आइतबार लगाउने
असोज १ नेकपा एमालेले मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिकतर्फका उम्मेदवारबारे आइतबार टुङ्गो लगाउने भएको छ । शनिबार अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले समानुपातिक सूचीमा राख्ने नामहरूबारे सामान्य जनाकारी गराएका थिए ।

एमाले उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले समानुपातिक सूचीबारे कानुनी प्रक्रिया र सङ्ख्याबारे सामान्य जानकारी गराएको र भोलि बस्ने बैठकमार्फत टुङ्गोमा पुग्ने जानकारी दिए ।
‘आजको बैठकमा महासचिवले प्रतिनिधि सभामा सिफारिस गर्नुपर्ने ११० जना नामहरूको कानुनी प्रक्रिया र सङ्ख्याबारे जानकारी गराउनुभयो’, गुरुङले भने, ‘सातवटा प्रदेशमा सिफारिस गर्नुपर्ने २२० जना सदस्यहरूको क्लस्टरवाइजका बारेमा पनि बैठकलाई जानकारी गराउनुभयो ।’
त्यस्तै बैठकले अछाम, दार्चुला लगायतका जिल्लामा वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुख प्रकट गर्दै पीडामा परेकाहरूलाई उद्धार र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको नेता गुरुङको भनाइ छ । साथै पाकिस्तानमा आएको बाढी पहिरोबाट पुर्याएको क्षतिप्रति पनि बैठकले दुख व्यक्त गरेको छ ।




