शैक्षिक छलांग मार्दै बिगु ८ थाङ्मीचागु दोल्खामा रहेको कालिन्चोक माध्यामिक विद्यालय ।।।

140Shares

शैक्षिक छलांग मार्दै कालिन्चोक विद्यालय ।।।

सन्तोष ठान्टी थाङ्मी भदौ २। दोलखाको बिगु ८ थाङ्मीचागु खोपाचागुमा रहेको श्री कालिन्चोक माध्यामिक विद्यालय गुणस्तरिय शैक्षिक वातावरणका साथ अघि बढिरहेको खवरले आम स्थानिय बिधार्थी अभिभावक खुशी साटासाट गरिरहेका छन् ।

परिवर्तित समयलाई मध्यनजर राख्दै समाजमा नमुना शिक्षाको दर्पण प्रदान गर्नका लागि तम्तयार विद्यालयको रुपमा यतिबेला चर्चित बनिरहेका कालिन्चोक माध्यामिक विद्यालयका शिक्षक, ब्यबस्थापन समितिका पधाधिकारी लगायत विद्यालयका खवर सम्प्रेषणमा अहम भूमिका खेल्ने Thangmichagu.com थाङ्मीचागु डट कम अन्लाईन मिडिया पनि धन्यवादका पात्र बनेका छन् ।

विध्यालयकाे भावी याेजना बमोजिम गुणस्तरीय शिक्षामा निरन्तरता दिन लागिरहेका कालिन्चाेक माध्यमिक विध्यालयले प्रा.वि लेवल देखिनै शिक्षामा सुधार ल्याउनु पर्ने भएकाेले विध्यालयले कक्षा १ देखि १० सम्मकै बालबालिकालाई विहान ७ .००बजे देखि वेलुकी ६.०० बजे सम्म अतिरिक्त शिक्षा दिने विध्यालय प्रशाशक,शिक्षा परिवार टिमले सराहनिय निर्णय रहेकाेछ । प्रत्येक हप्ताकाे शुक्रबार टेस्ट exam लिने भएकाे छ । जुन विषयलाई अभिभावक ज्यु हरुले आत्मासाथ गर्दै ” मेराे बालबालिका राम्रो शिक्षा ” भन्ने मुल नाराका साथ आफ्ना बालबालिकालाई विध्यालय पठाउन सुचित समेत गरेको छ । विधायलय परिवारले आम अभिभावकहरू लाई आफ्नाे सल्लाह सुझाव सकारात्मक प्रतिक्रिया दिन
अपेक्षा समेत गर्दै विद्यालयको शैक्षिक वातावरणलाई सहजताको लागि आम सबैले आ आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा स्थानियको बुझाई रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *