तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
Thursday, October 8, 2026
पछिल्लो २४ घन्टामा ८५२ जनालाई कोरोना संक्रमण
पछिल्लो २४ घन्टामा ८५२ जनालाई कोरोना संक्रमण
१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८८३ जनाको परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ८७६ जनाको पीसीआर परीक्षण गर्दा ५३१ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२८ जना संक्रमणमुक्त भएका छन् ।






