शैलुङ आलु उत्पादनमा अगाडि ।।।

39Shares

शैलुङ आलु उत्पादनमा अगाडि ।।।

विनोद मण्डल भदौ १ । दोलखा जिल्लाको शैलुङ्ग गाउँपालिकामा आलु उत्पादनप्रती किसानहरू आकर्षित भएका छन् ।

वर्षको दुईपटक आलु उत्पादन हुने यस ठाउँको आलु राजधानी काठमाण्डौ लगाएत देशका विभिन्न शहरमा पुग्ने गरेको छ । मिठो र अर्गानिक आलु खेती शैलुङ गाउँपालिकाका ८ वटा वडाहरूमा मुख्य खेतीको रूपमा हुँदै आएको छ ।

स्थानिय गोबर मल खेतमा हालेर उत्पादन गरिने आलुको माग बजारमा बढिरहेको कारण स्थानिय किसानहरू आकर्षित भएर आलु उत्पादन गरिरहेका छन् । स्थानिय सरकारको उदासिनताका कारण शित भण्डारको अभावमा आलु लामो समयसम्म राख्न नसकेको स्थानिय किसानहरू बताउनुहुन्छ ।

करीब ६ महिनासम्म खान योग्य यस ठाउँको आलुलाई भण्डारण गरेर राख्ने सितभण्डारको व्यवस्था नहुँदा सिजनमै सस्तोमा आलु बेच्नु पर्दा किसानले उल्लेख्य फाइदा लिन नसकेकाले यहाँ स्थानीय निकायको पहलमा भण्डारणको ब्यबस्था गरिएको छ ।

सिजनेवल रूपमा आलु उत्पादन नहुँदा बजारको मागअनुसार बाहिरी मुलुकबाट आलु आयात गर्नुपर्ने बाध्यता रहेको अवस्थामा दोलखाको वास्तविक भूगोललाई खयाल गर्दै उत्पादनमा लगानी बढाउन सरकार अगाडि आउनुपर्ने देखिन्छ । आलु उत्पादनकाे वातावरणीय हावापानी यस ठाउँमा भएको कारण आलु उत्पादनमा थोरै लगानीमा धेरै उत्पादन बढाउन सकिने अवस्था रहेकाे देखिन्छ । अन्य जिल्लाको तुलनामा यस जिल्लामा व्यावसायिक आलु उत्पादन वृद्धि गरी मिठो आलु बिदेश निर्यात गरि राम्रो आम्दानीको स्रोत बनाउन सकिन्छ ।

तस्वीर – बिजय घिसिङ्ग/ दोलखा
Credit:SushilAryal

Leave a Reply

Your email address will not be published. Required fields are marked *