मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
बालेनबारे योगेशको टिप्पणी : सरकारसँग भर परे असफल, एमालेसँग सहकार्य गरे सफल
बालेनबारे योगेशको टिप्पणी : सरकारसँग भर परे असफल, एमालेसँग सहकार्य गरे सफल
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई काठमाडौंको फोहोर व्यवस्थापनबारे ठोस प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।
संघीय सरकारको भर परे मेयर बालेन असफल हुने उनको जिकिर छ । ‘यदि सरकारको भर पर्नुभयो भने तपाईं (बालेन)असफल हुने निश्चित छ । काठमाडौंको बर्बादी हुनेछ,’ सचिव भट्टराईले आइतबार प्रतिनिधिसभामा बोल्दै भने ।
उनले एमालेसँग स्पष्ट दृष्टिकोण रहेको भन्दै सहकार्यका लागि प्रस्ताव नै गरे । ‘म काठमाडौंका मेयर बालेन शाहलाई भन्न चाहन्छु- आउनुहोस् ठोस प्रस्तावसहित नेकपा एमालेसँग त्यो भिजन छ, त्यो दृष्टिकोण छ, नेकपा एमाले पूर्ण क्षमताका साथ तपाईंलाई सहयोग गर्न तयार छ,’ उनले भने ।
एमाले सचिव भट्टराईले व्यक्त गरेको विचार
यसअघि काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास छ । आज ७१ दिन भयो प्रधानमन्त्रीले कुनै पहल गर्नुभएको छैन् । सम्बन्धित मन्त्रीहरु बेखबर छन् । झाडापखाला हैजालगायत काठमाडौंको फोहोरले काठमाडौंलाई डुङडुङ्ती गन्हाउने अवस्थामा पुगेको छ । यो सरकारले कुनै पहलकदमी गर्न सक्दैन । यो सरकारको हुती पनि छैन् । त्यसैले म सरकारको ध्यानाकर्षण गर्दिन आज । म काठमाडौंका मेयर बालेन शाहलाई भन्न चाहन्छु- आउनुहोस् ठोस प्रस्तावसहित नेकपा एमालेसँग त्यो भिजन छ, त्यो दृष्टिकोण छ, नेकपा एमाले पूर्ण क्षमताका साथ तपाईंलाई सहयोग गर्न तयार छ । यदि सरकारको भर पर्नुभयो भने तपाईं असफल हुने निश्चित छ । काठमाडौंको बर्बादी हुनेछ । सांस्कृतिक सहर काठमाडौंको सबै मिलेर रक्षा गरौं धन्यवाद ।
बालेन्द्र साह योगेश भट्टराई






