साना चार कम्युनिस्ट पार्टीहरुले सार्वजनिक गरे संघर्षका कार्यक्रम

11Shares

साना चार कम्युनिस्ट पार्टीहरुले सार्वजनिक गरे संघर्षका कार्यक्रम

साना चार कम्युनिस्ट पार्टीहरुले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । शुक्रबार बसेको सानो चार कम्युनिष्ट पार्टीको बैठकले संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्टका महासचिव आहुति, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी ‘शुसिल’ले विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सार्वजनिक कार्यक्रम अनुसार  भदौ १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ४ गते देशव्यापी विरोधसभा तथा काठमाडौं उपत्यकाको माईतिघर मण्डलामा केन्द्रीय विरोधसभा, ६ गते देशव्यापी मसाल जुलुस र ७ गते नेपाल बन्द घोषणा गरेका छन् । देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालहरूमा संघर्ष गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *