रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21सबैको सहमतिमा नागरिकता विधेयक पारित भएको हो : गृहमन्त्री खाँण
सबैको सहमतिमा नागरिकता विधेयक पारित भएको हो : गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक सबैको सहमतिमा पारित भएको बताएका छन् । सबै नेपालीलाई नागरिकता पाउने सुनिश्चितता नेपालको संविधानले गरेको बताउँदै उनले सबैको सहमतिमा त्यो सम्बन्धी विधेयक पारित भएको बताए ।
रुपन्देहीमा कोरोना भाइरसविरुद्धको पूर्ण खोप जिल्ला घोषणा कार्यक्रमलाई भैरहवामा सम्बोधन गर्दै खाँणले नेपालको नागरिकता प्राप्त नागरिकको सन्तानले नागरिकता पाउने व्यवस्था संविधानमा रहेको बताए । नेपाली नागरिकसँग विवाह गरेका विदेशी महिलाले चाहेमा अंगीकृत नागरिकता पाउने विषय संविधानमा उल्लेख भएको उनको भनाई छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा २२ महिनासम्म सो विधेयकको बारेमा छलफल भएको बताउँदै उनले सर्वोच्चले यस्तो संवेदनशील विषय अध्यादेशमार्फत मात्र ल्याएर हुँदैन भनेपछि प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रक्रिया अघि बढाइएको बताए ।
रुपन्देहीलाई १२ वर्ष उमेर माथिको कोभिड–१९ विरुद्धको पहिलो श्रृंखलाको पूर्ण खोप तथा १५ महिनासम्मका बालबालिकाहरूको पूर्ण खोप दीगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार जिल्लामा ८ लाख ५३ हजार ७८ जनाले पूर्ण मात्रामा खोप लगाएका छन् ।