विनाशकारी बाढीबीच नेपाली सेनाद्वारा ८८३ जनाको उद्धार
2026-08-27नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ।।।
2026-08-27
Friday, August 28, 2026
महाकालीमा डुबेर दुई किशोरी बेपत्ता
महाकालीमा डुबेर दुई किशोरी बेपत्ता
महाकाली नदीमा डुबेर बैतडीकी दुई किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा रहेका छन् ।
उनीहरू शुक्रबार दिउँसो महाकालीको मौरामा नुहाउन गएको बेला बेपत्ता भएका आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनीहरू दिउँसो २ बजेतिर बेपत्ता भएका हुन् ।
बेपत्ता किशोरीको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिसकेको छ ।






