विनाशकारी बाढीबीच नेपाली सेनाद्वारा ८८३ जनाको उद्धार
2026-08-27नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ।।।
2026-08-27
Friday, August 28, 2026
कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण
कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण
कर्णाली प्रदेश प्रमुख तिलक परियारले चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । कर्णाली प्रदेश सचिवालयले आज एक सूचना टाँस गर्दै प्रदेशसभाबाट विभिन्न मितिमा पारित भएका चार विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुभएको जनाएको छ ।
‘प्रदेशसभा सचिवालयसम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९,’ ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा सर्तसम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९’ प्रमाणीकरण गरिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
त्यस्तै ‘प्रदेश लोकसेवा आयोगको पदाधिकारीको पारिश्रमिक, सेवाका सर्त तथा सुविधासम्बन्धी ऐन, २०७९’ र ‘प्रदेश लोकसेवा आयोग (दोस्रो संशोधन ऐन), २०७९’ प्रमाणीकरण गरिएको उनले बताए । तीसँगै कर्णालीमा प्रमाणीकरण भएका विधेयकको सङ्ख्या ४० पुगेको छ ।






