७१ औँ प्रहरी दिवसमा अमर प्रहरीप्रति श्रद्धाञ्जली गृहमन्त्री सुधन गुरुङद्वारा सम्बोधन
2026-10-16दोलखाको लापिलाङमा दोलखा जिल्ला पुरुष फुटबल प्रतियोगिता सुरु
2026-10-16
न्यान्सी पेलोसीले भनिन्- ताइवान भ्रमणबाट पछुतो छैन, चीनको दबाब स्वीकारिन्न
न्यान्सी पेलोसीले भनिन्- ताइवान भ्रमणबाट पछुतो छैन, चीनको दबाब स्वीकारिन्न
२६ साउन, काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानलाई अमेरिकाको साथ छ भन्ने सन्देश दिन आफूले ताइवान भ्रमण गरेको बताएकी छन् । उनले ताइवानमाथि चीनको दबाब अमेरिकालाई स्वीकार्य नहुने पनि बताएकी छन् ।
पेलोसीले यही साउन १७ ताइवान भ्रमण गरेकी थिइन् । उनको भ्रमणका कारण चीन-अमेरिका र चीन-ताइवानबीच तनाव बढेको थियो । उनी ताइवानबाट फर्किएलगत्तै चीनले ताइवान वरपर सैन्य अभ्यास गरेको थियो । उक्त सैन्य अभ्यास चीनले अन्त्य भएको घोषणा गरेको छ ।
चिनियाँ सैन्य अभ्यास सकिएलगत्तै पेलोसीले ताइवानको लोकतन्त्रलाई समर्थन गर्न र ताइवान एक्लो छैन भन्ने सन्देश दिन आफूले त्यहाँको भ्रमण गरेको बताएको बीबीसीले जनाएको छ ।
ताइवान भ्रमण टोलीको एक सदस्य ग्रेगरी मिक्सले पनि अमेरिका आफ्ना साथीहरुसँगै छ भन्ने देखाउन ताइवान भ्रमण भएको बताएको बीबीसीको समाचारमा उल्लेख छ।
ताइवान न्यान्सी पेलोसी






