Asian Nepali Restaurantका सञ्चालक सोनाम शेर्पाद्वारा रसुवा बाढीपहिरो पीडितलाई रु. ३० हजार सहयोग ।।।
2026-08-30भोटेकोशीमा बहाव बढे पनि ठूलो जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा
2026-08-30
Sunday, August 30, 2026
बालाजुमा आगलागी (फोटो फिचर)
बालाजुमा आगलागी (फोटो फिचर)
२५ साउन, काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा आगलागी भएको छ । प्रहरी घटनास्थलमा पुगेका छन् ।
वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हो । आगलागीबाट नजिकका घरहरू जोखिममा छन् ।
अहिले आगो निभाउने प्रयास भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउन थालेको छ । ललितपुर महानगरबाट पनि अर्को दमकल झिकाइएको प्रवक्ता मैनालीले बताए ।
नेपाली सेना र सुरक्षाकर्मीसहित दमकल र तीनवटा ट्याङ्करमार्फत पनि आगो निभाउने प्रयास जारी छ । अहिलेसम्म आगलागीको कारण खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।





