फोहोरले दुर्गन्धित बन्दै राजधानी ।।।

38Shares

फोहोरले दुर्गन्धित बन्दै राजधानी ।।।

विनोद मण्डल साउन 24
नेपालको राजधानी काठमाडौं फोहोरले दुर्गन्धित बन्दै गएको अवस्था रहेको पाइन्छ ।

सहरका मुख्य सडकको पेटीमा स्थानीयद्वारा निकालिएको फोहोर जम्मा गर्ने प्रवृत्ति बढेको पाइन्छ ।

महामहिम लगायत जलबायु परिवर्तनका चर्का नारा दिने सरकारी निकायहरू र गैरसरकारी संस्थाहरुको चर्का भाषण यतिबेला उदाङ्गिएको छ ।

राष्ट्र चलाउने राष्ट्र प्रमुखहरू भएको राजधानी यतिबेला फोहोरले सजिन थालेका देखिन्छन् ।

राजधानीका मुख्य चोकहरुमा यतिबेला फोहोर थुप्रिएका छन्

नेपाल प्रहरी र ट्राफिक प्रहरी नियमित ड्युटीमा खटिने मुख्य सडकहरु कोटेश्वर,कालीमाटी लगायतका ठाउँहरुमा फोहोर थुप्रिएको दृश्य सजिलै देख्न सकिन्छ ।

राष्ट्रपति , प्रधानमन्त्री लगायत उच्छ ओहदाका व्यक्तित्वहरू रहेको राजधानी काठमाडौंलाई फोहोरबाट मुक्त गर्न नसक्नु दुःखद पक्ष मानिन्छ ।

सभाको स्टेजमा ठूला ठूला भाषण गरेर राष्ट्रियताको सवालमा ओकालात गर्ने सामाजिक अभियन्ता र नेता गणहरुको आँखा किन जाँदैन फोहोर व्यवस्थापनमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *