टोटहहम र चेल्सीको सुखद सुरुवात

1Shares

टोटहहम र चेल्सीको सुखद सुरुवात

इंग्लिस प्रिमियर लिग २०२२/२३ को सिजन शनिबार राति भएको खेलमा टोटनहम र चेल्सीले सुखद् सुरुवात गरेका छन् । टोटनहम हटस्पर रंगशालामा भएको खेलमा घरेलु टिमले साउथह्याम्पटनलाई ४(१ ले पराजित गर्‍यो।

टोटनहमको जितमा र्यान सेसेग्नन, एरिक डायर र डेजन कुलुसेभिस्कीले एक(एक गोल गर्दा टिमले एक गोल भने साउथह्याम्पटनका मोहम्मेद सलिसुबाट आत्मघाती उपहार पाएको थियो । खेलमा अग्रता भने साउथह्याम्पटनले बनाएको थियो ।

१२औं मिनेटमा जे वार्ड प्रोसेले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । तर, यो अग्रता धेरैबेर टिक्न भने सकेन । २१औं मिनेटमा सेसेग्ननले गोल गर्दै टोटनहमलाई खेलमा फर्काएका थिए । यस्तै, ३१औं मिनेटमा डायरले दोस्रो गोल गर्दा टोटनहमले ६१ औं मिनेटमा सलिसुबाट आत्मघाती गोल उपहार पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *