दादागिरी शैलीमा पानीको निकास थुनियो सडक भए खोला ।।।

6Shares

दादागिरी शैलीमा पानीको निकास थुनियो सडक भए खोला ।।।

विनोद मण्डल साउन १९ । सिराहाको धनगढीमाई ३ कुर्वा हनुमाननगर स्थित लक्ष्मीपुर पतारी सडक खण्डमा रहेको होम पाइपबाट निकास हुने पानीको निकास दादागिरी शैलीमा स्थानियले थुने पछि स्थानिय किसानको जग्गा डुवानमा परेको छ ।

पानीको निकास सडकको पक्षिमी छेउमा स्थानीयले दादागिरी शैलीमा थुने पछि पूर्वतर्फको खेतमा अत्यधिक पानी जमेर खेत बाझोमा परिणत भएको छ भने होम पाइपको करिब १०० मीटर दक्षिणमा पानीको बहावले मुख्य सडकमा क्षति पुर्याउँदा आवात जावतमा कठिनाई उत्पन्न भइरहेको छ ।

बाटोमा सामान्य तरिकाले ग्रावेल हालेर खडेरीको समयमा तत्कालीन रूपमा स्थानियको आँखा नगरपालिकाले त छोपे तर साउनको वर्षाले माटो बगाउँदा सडक खोलामा परिणत भएपछि अत्यधिक सवारी साधनहरुको चाप रहेको उक्त सडकमा खोलो बगेको ठाउँमा आएपछि गाडी धकेलेर पार गर्नु पर्ने बाध्यता रहेको पाइन्छ ।

बाटोको कारण यात्रु चढाउने ओराल्ने झन्झट खेपिरहेका स्थानियले धनगढीमाई नगरपालिकालाई जानकारी गराउँदा पनि खासै ध्यान नदिएको स्थानियको आरोप रहेको छ ।

उक्त ठाउँमा रहेको होम पाइपबाट पानीको निकास थुन्ने व्यक्तिलाई राजनीतिक सँरक्षण रहेको स्थानियको आरोप समेत रहेको अवस्थामा प्रसासनीक निकायले पानीको निकास खोलेर स्थानिय समस्याको समाधानमा ध्यानाकर्षण गर्न जरुरी देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *