धादिङमा एक वृद्धाको शव फेला

0Shares

धादिङमा एक वृद्धाको शव फेला


धादिङमा एक वृद्धाको शव फेला परेको छ । शनिबार सिद्धलेक गाउँपालिका–१ थोपल खोलास्थित किनारमा एक वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ । निलकण्ठ नगरपालिका–७ बाँसबोटे बस्ने ६४ वर्षीया मनमाया रेग्मीको शव फेला परेको प्रहरीको भनाइ छ ।

उनी शुक्रबार घरबाट घाँस काट्न हिँडेकी थिइन् । घर नफर्किएपछि उनको खोजी गर्दा प्रहरीले खोला किनारमा शव फेला पारेको हो ।  प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *