कनकाई पुल निर्माणमा ढिलाइ पप्पु महादेव खिम्ती जेभीलाई १ अर्ब ९९ करोड जरिवाना
2026-09-13बिगु गाउँपालिका ८ कापाराङमा ठूलो पहिरो खोला थुनिएपछि तल्लो क्षेत्रमा जोखिम
2026-09-13
Monday, September 14, 2026
धादिङमा एक वृद्धाको शव फेला

धादिङमा एक वृद्धाको शव फेला
धादिङमा एक वृद्धाको शव फेला परेको छ । शनिबार सिद्धलेक गाउँपालिका–१ थोपल खोलास्थित किनारमा एक वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ । निलकण्ठ नगरपालिका–७ बाँसबोटे बस्ने ६४ वर्षीया मनमाया रेग्मीको शव फेला परेको प्रहरीको भनाइ छ ।
उनी शुक्रबार घरबाट घाँस काट्न हिँडेकी थिइन् । घर नफर्किएपछि उनको खोजी गर्दा प्रहरीले खोला किनारमा शव फेला पारेको हो । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।





