मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
श्रीलङ्काको सर्वदलीय बैठकः राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा गरेर सभामुखलाई अन्तरिम राष्ट्रपति बनाउनुपर्ने माग

श्रीलङ्काको सर्वदलीय बैठकः राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा गरेर सभामुखलाई अन्तरिम राष्ट्रपति बनाउनुपर्ने माग
श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्ष उनको सरकारी आवासबाट भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिघेंको आह्वानमा बसेको सर्वदलीय बैठकमा राष्ट्रपति र प्रधानमन्त्री दुवैको राजीनामा मागिएको छ ।
राष्ट्रपतिको सरकारी आवासमा आज प्रदर्शनकारी प्रवेश गरेपछि गोटाबाया सुरक्षित स्थानतर्फ भागेका छन् । तर उनी कहाँ छन् भन्ने हालसम्म खुलाइएको छैन । श्रीलङ्काका सभामुख महिन्दा यापा एवेयवारदेनाको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिएर सभामुखलाई अन्तरिम राष्ट्रपति बनाउनुपर्ने सुझाव दिइएको थियो ।
बैठकमा सहभागी श्रीलङ्का मुस्लिम कंग्रेसका सांसद रोफ हाकिमका अनुसार सुझावप्रति प्रधानमन्त्री विक्रामासिंघे सकारात्मक बनेनन् । प्रधानमन्त्री विक्रामासिघेंले राजीनामा दिन अस्वीकार गरेपछि बैठकमा कुनै सहमति नबनेको हाकिमले बताए ।
यो पनि
श्रीलंका :‘गोटा गो होम’ को नारा लगाउँदै राष्ट्रपति भवन पसे प्रदर्शनकारी
तथापि सभामुखले राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई लिखित रूपमा राजीनामा माग्ने निर्णय गरेको र सबै जसो दलका नेताले यसप्रति सहमति जनाएको पनि हाकिमले खुलासा गरे । बैठकमा सर्वदलीय सरकार बनाएर अहिलेको सङ्कटबाट सबै मिलेर बाहिरिनुपर्ने सुझाव पनि राखिएको पनि बताइएको छ ।
सभामुखको आवासमा आयोजित बैठकमा प्रधानमन्त्री विक्रमासिंघेलगायत केही नेता भने जुममार्फत जोडिएका थिए ।




