शिक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।।

0Shares

शिक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।।।

विनोद मण्डल आषाढ १५ सिराहा । सिराहाको लाहानमा एक दिने निशुल्क गुणस्तरिय सार्वजनिक शिक्षा सम्भव छ भन्ने नाराका साथ स्थानिय तहहरुको बजेटमा शिक्षालाई प्राथमिकता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

लहानको मारवाडी सेवा सदनमा भएको कार्यक्रममा पालिकाका जनप्रतिनिधि धनगढीमाईका शिक्षा आर्पी प्रदीप शाह, आरपी एकलास कुमारी यादव, वरिष्ट पत्रकार दिनेश्वर प्रसाद गुप्ता लगायत पत्रकारहरुको उपस्थितिमा भएको कार्यक्रममा आरपी एकलाश यादवले जिल्लाका शैक्षिक समस्याको पहिचान गरेर बजेट छुट्याउनु पर्नेमा जोड गर्नु भएको थियो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला सनवन्य समिति सिराहा द्वारा आयोजित कार्यक्रममा निशुल्क गुणस्तरिय सार्वजनिक शिक्षा सम्भव छ भन्ने तथ्यलाई जोड दिँदै पालिकाहरुले आफ्नो कार्य क्षेत्रमा शैक्षिक समिक्षा गरेर अघि बढ्नु पर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *