नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
बागमती प्रदेशलाई काठमा आत्मनिर्भर बनाउने मन्त्री खड्काको भनाई ।
बागमती प्रदेशलाई काठमा आत्मनिर्भर बनाउने मन्त्री खड्काको भनाई

हेटौँडा । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्काले आगामी ५ वर्षको अवधिमा प्रदेशलाई काठमा आत्मनिर्भर बनाउने नीति लिएको बताउनुभएको छ ।
प्रदेशसभाको आजको बैठकमा सरकारको बजेट माथि संसदमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले आगामी ५ वर्षको अवधिमा काठमा आत्मनिर्भर हुने नीति लिएको बताउनुभएको हो । उहाँले ७ प्रदेशमध्ये बागमती प्रदेशले पहिलो पटक ढलेका काठ संकलन गरी प्रयोगमा ल्याउने नीति लिएको र सोही अनुसार काम भइरहेको बताउनुभयो । उहाँले आफुले प्रदेशलाई काठमा आत्मनिर्भर बनाउन पहिलो चरणमा ढलेका रुखहरुलाई व्यवस्थापन गर्ने र दोस्रो चरणमा खडा अवस्थामा सुकेका रुखहरुको व्यवस्थापन गर्ने नीति अघि सारेको बताउनुभयो ।
सरकारको योजनाअनुसार संकलित काठहरुलाई फर्निचर उद्योगहरुमा विक्रि गरी राजस्व संकलन गर्ने सरकारको योजना रहेको उहाँको भनाई छ । मन्त्री खड्काले वनलाई उत्पादन तथा कृषि, पर्यटनसँग जोडेर आत्मनिर्भर बनाउने सरकारको योजना रहेको बताउनुभयो ।





