नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
‘नेपाल्स सिंगिङ सुपस्टार’को अडिसन खुला
काठमाडौं । भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गर्न लागेको गायन रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार’को अडिसन खुला भएको छ । इमेज टेलिभिजनबाट प्रसारण हुने शोको बिहीबारबाट अडिसन खुला गरिएको कार्यक्रम निर्माता सुरजलाल जोशीले जानकारी दिए ।
अन्य रियालिटी शोमा भाग लिइसकेका वा पाँच वर्षभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक–गायिकालाई प्रतिस्पर्धीको रुपमा समावेश गरिने भएको छ ।
अडिसनमा भाग लिन नेपाल्स सिंगिङ सुपरस्टारको आधिकारिक फेसबुक पेजमा गएर सो पेजको म्यासेज बक्समा वा इमेलमा आफूले गाएको बढीमा दुई मिनेट लामो भिडियो पठाउनुपर्ने आयोजकले बताएको छ ।
कार्यक्रम आगामी वैशाख १८ गतेदेखि हप्ताको दुई दिन आइतबार र सोमबार बेलुका ८ बजे देखि ९ बजेसम्म नियमित रुपमा प्रसारण हुने जनाइएको छ ।
शोको निर्णायकको रुपमा गायकहरु सञ्जय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र गायिका मिलन नेवार रहनेछन् । रवि श्रेष्ठले निर्देशन गर्ने ‘नेपाल्स सिंगिङ सुपरस्टार’को विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।





