नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
पेट्रोल पम्पमा बढ्न थाल्यो लाइन (फोटो फिचर)
१९ चैत, काठमाडौं । पेट्रोलियम पदार्थको अभाव हुने डरले काठमाडौंका पेट्रोल पम्पहरुमा शनिबार पनि पेट्रोल भर्नेहरुको लाइन लामो भयो । पेट्रोलियम पदार्थ ढुवानीकर्ताको आन्दोलनका कारण आपूर्ति नभएर पेट्रोलियम पदार्थ अभाव हुन सक्ने भन्दै सर्वसाधारण पेट्रोल पम्पमा लाइन लागेका हुन् ।
एक्कासी धेरै मानिसहरु तेल भर्न लाइन लाग्दा पेट्रोल पम्पहरुले पनि माग अनुसार तेल दिन सकेका छैनन् । आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालभित्रका निगमको डिपोबाट पम्पहरुले किन्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको छ । यसका कारण शुक्रबार पम्पहरुले निगमको डिपोबाट तेल ल्याउन पाएनन् ।
शुक्रबार भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा लिटरमा २७ रुपैयाँ घाटा कायम रहेको भन्दै निगमले विज्ञप्ति निकालेका कारण पनि आज–भोलि नै मूल्य बढ्ने आशंकाले तेल हाल्न लाइनमा बस्नेहरु छन् ।
ललितपुरको पुल्चोकस्थित साझा पेट्रोल पम्प सामान्यतया शनिबार बन्द हुने गर्थ्यो । तर यसपटक भने शनिबार पनि खुला राखिएको छ । साझामा तेल भर्नेहरुको लाइन पाँच सय मिटर भन्दा लामो छ ।





