नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
यामाहाले ल्यायो नयाँ वर्षमा २० लाख रुपैयाँसम्म जित्ने अफर
काठमाडौं । नेपालका लागि यामाहा मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै २० लाख रुपैयाँसम्म जित्ने अफर ल्याएको छ । नयाँ वर्षलाई लक्षित गरी ग्राहकहरुका लागि ‘२०७९ x १००० गुणाले खुसी बढाउँनुहोस्’ नामको अफर सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनैपनि सवारी साधन खरिद गर्दा स्योरसट २०७९×४= ८ हजार ३१६ देखि २०७९×१००=२ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन् । त्यस्तै बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले २०७९×१०००=२० लाख ७९ हजार रुपैयाँ जित्न सक्नेछन् ।
यामाहाका बाइक/स्कुटर लिन इच्छुक ग्राहकहरू यामाहाको अधिकारिक शोरूमबाट खरिदपश्चात यस अफरमा भाग लिन पाउनेछन् । कम्पनीका अनुसार ग्राहकहरू यामाहाको आधिकारिक वेबसाइटबाट दैनिक रूपमा खेलाउने डिजिटल ज्याकपटमा सहभागी भई उल्लेखित नगद उपहार जित्न सक्नेछन् ।
यामाहा नेपालका कार्यकारी निर्देशक राजु क्षेत्रीले ग्राहकहरूको सन्तुष्टि नै कम्पनीको खुसी भएको भन्दै सम्भवतः नेपालका लागि पहिलो र अहिलेसम्मकै ठूलो उपहार भएको दाबी गरे । यस अफर ६ चैतदेखि सुरु भएको र जेठ पहिलो हप्तासम्म चल्ने छ ।





