यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
रुपन्देहीका ५५३ भूमिहीनलाई लालपुर्जा वितरण
रुपन्देहीका ५५३ भूमिहीनलाई लालपुर्जा वितरण
थाङमिचागु डटकम संवाददाता

१४ साउन काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वर्षौंदेखि बसोबास गरिरहेका तर लालपुर्जा पाउन वञ्चित रुपन्देहीका ५ सय ५३ स्थानीयवासिन्दालाई लालपुर्जा वितरण गरेका छन् ।
मन्त्री अधिकारीले सोमबार रुपन्देही सियारी गाउँपालिकाका १९ वटा गाँउ ब्लकको नापी नक्सा पूरा भएका ५ सय ५३ लालपुर्जा वितरण गरेका हुन् । वषौंदेखि जग्गाधनी प्रमाण पुर्जा नहुँदा भोगेको समस्याबाट मुक्ति पाएको स्थानीयले बताए ।
लालपुर्जा वितरण कार्यक्रममा मन्त्री अधिकारीले भूमि आयोग गठन अन्तिम तयारीमा रहेको बताए । भूमिहीनको समस्या स्थायी रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सरकारले ५ लाख भूमिहीन सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको उनले बताए । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले मन्त्री अधिकारीका कारण लालपुर्जा वितरण सम्भव भएको बताए ।
लालपुर्जा





