सरकारले ५ देशका राजदूत फिर्ता बोलायो, १८ देशमा नयाँ सिफारिस

0Shares

सरकारले ५ देशका राजदूत फिर्ता बोलायो, १८ देशमा नयाँ सिफारिस

थाङमिचागु डटकम संवाददाता

सरकारले पाँच देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। त्यस्तै १८ देशमा नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सरकारले अस्ट्रेलिया, चीन, श्रीलंका, रसिया र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

चीनका राजदूत विष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाका कैलाशराज पोखरेल, रूसका मिलन तुलाधर, श्रीलंकाका वासुदेव मिश्र र दक्षिण अफ्रिकाका राजदूत दानबहादुर तामाङ फिर्ता बोलाइएका हुन्।

यस्तै अमेरिका, बेलायत, दक्षिण कोरिया, रसिया, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।

सरकारले भारतमा शंकर शर्मालाई नै निरन्तरता दिने भएको छ।

अमेरिकामा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र बेलायतमा पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन्।

दक्षिण कोरियामा एमाले स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फे, मलेसियामा नेत्र तिमल्सिना र चीनमा कृष्णप्रसाद ओली सिफारिस भएको एक मन्त्रीले बताए।

त्यस्तै पाकिस्तानमा रिता धिताल र दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ सफारिस भएका छन्।

इजरायलमा धनप्रसाद पण्डित र पोर्चुगलमा प्रकाशमणि पौडेल सिफारिस भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *