यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
फर्कियो त्रिशूलीमा बस र यात्रु खोज्न आएको भारतीय उद्धार टोली
फर्कियो त्रिशूलीमा बस र यात्रु खोज्न आएको भारतीय उद्धार टोली
थाङमिचागु डटकम संवाददाता

त्रिशूली नदीमा हराइरहेको बस खोज्न भारतबाट आएको उद्धार टोली (एनडिआरएफ) को बिदाइ गरिएको छ।
आइतबार दिउँसो उनीहरूलाई बिदाइ गरिएको छ।
बिदाइ गर्दै जिल्ला सुरक्षा समितिले उद्धार टोलीलाई धन्यवाद समेत दिएका थिए।
असार २८ गते बिहान साढे ३ बजेतिर त्रिशूली नदीमा दुईवटा बसहरु खसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोलीले सोही दिनदेखि उद्धारको काम सुरू गरेको थियो।
उनीहरूले नेपालमा उपलब्ध सबै प्रविधिको प्रयोग गरेर खोज गरिरहेको थिए।
सरकारले असार ३१ गते खोज तथा उद्धारका लागि भारतको सहयोग मागेपछि भारत सरकारले एनडिआरएफको १२ सदस्यीय टोली पठाएको थियो। साउन ५ गते भरतपुर आइपुगेका उनीहरुले भोलिपल्टदेखि नदीमा पुगेर काम सुरू गरेका थिए।
शनिबारसम्म पनि बसबारे केही पत्ता नलागेपछि उनीहरूलाई बिदा गरिएको हो।
बसमा ६५ जना यात्रु रहेको अनुमान गरिएको थियो। जसमध्ये १९ जनाको शव फेला परेको छ।





