नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
मीरुना मगरलाइ उपेन्द्र सुब्बाले भने – ‘समाज संक्रिर्ण र साम्प्रदायिक भइसकेछ, सरी नानी’

काठमाडौं । कवी तथा कलाकार उपेन्द्र सुब्बाले नायिका मीरुना मगरमाथि भएको दुर्व्यवहारपछि विभिन्न पक्ष र कोणबाट भएको टिकाटिप्पणीप्रति दुखेसो पोखेका छन् ।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले पहिचानको लागि बोल्दै र लेख्दै आएको तर समाज संक्रिर्ण र साम्प्रदायिक भइसकेको थाहा नपाएको उल्लेख गरेका छन् ।
उनले मीरुना मगरमाथि फुर्वा लामाले गरेको दुर्व्यवहारमा जातका आधारमा उग्र टिप्पणी भएको भन्ने अर्थमा उक्त भनाइ राखेका हुन् ।
‘पहिचानको आन्दोलनले हामीबाट मेरो भन्ने भइ सकेछौं । मेरो जाति, मेरो भाषा, मेरो मान्छे.., यतिसम्म कि हाम्रो जति सबै राम्रो भन्ने भइ सकेछौं । होइन भने त जो जो ले मिरुना मगरलाई तथानाम गाली गर्दै हुनु हुन्छ, फुर्वाभाइकाे ठाउंमा अरु कोहि बाहुन पुजारी कि त क्रिश्चियन पास्टर भएको भए पनि यसोरी नै गाली वैज्वत गर्नु हुन्थ्यो होला ? म त आदिवासी हुनुमा गर्व गर्थें। तामाङ, गुरुङ, मगर, शेर्पा, राई, लिम्बु सब एकै हो सोच्थें,’ उनले लेखेका छन् ।
उनले स्टाटसको अन्त्यमा मीरुनालाई सम्बोधन गर्दै भनेका छन् – ‘यस्तो कुरुप समाज बन्नमा मेरो पनि सानो हात छ । सरी नानी’
मीरुना मगर र फुर्वा लामाबीच भएको उक्त विवाद साम्य भइसकेको छ । फुर्वाले आफूबाट गल्ती भएको भन्दै माफी मागिसकेका छन् । त्यस्तै मीरुनाले पनि आफूले हात हालेकोमा माफी मागेकी थिइन् ।
मीरुना मगरमाथि भएको दुर्व्यवहारप्रति विषयवस्तुको तथ्यबाहिर रहेर आ-आफ्नो सम्प्रादयलाई पक्षपोषण गर्दै टिकाटिप्पणी भएको भन्ने तर्कहरु भएका थिए ।





