मौसमजन्य विपद‍्मा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ ।

0Shares

मौसमजन्य विपद‍्मा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ ।

थाङ्मीचागु डटकम सम्बादाता
शुक्रबार, ११ साउन २०८१
काठमाडौँ । मौसमजन्य विपद‍्मा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिराेलगायत विपद‍्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशीमा २२, मधेसमा ६, बागमतीमा २९, गण्डकीमा ३८, लुम्बिनीमा २४, कर्णालीमा ८ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढीपहिराेमा परी कोशी र बागमती प्रदेशमा दुई/दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक/एक गरी ६ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । विपद‍्मा परी एक सय ५६ जना घाइते भएका छन् ।

बाढीका कारण एक सय ८४ घर डुबानमा परेका छन् भने दुई सय ३८ घर, ८६ गोठ, ४३ पुल, दुई विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्का घटनाबाट चार हजार ३० घरपरिवार विस्थापित भएका छन् ।

बाढीपहिराे

Leave a Reply

Your email address will not be published. Required fields are marked *