थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
प्रधानमन्त्रीको निजी सचिवमा बिनोदबहादुर कुँवर
प्रधानमन्त्रीको निजी सचिवमा बिनोदबहादुर कुँवर
थाङमिचागु डटकम संवाददाता

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवमा सहसचिव बिनोदबहादुर कुँवर नियुक्त भएका छन् । उनले आइतबारदेखि सिंहदरबार पुगेर काम थालेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या प्रशासन महाशाखा प्रमुख रहेका कुँवरलाई प्रधानमन्त्री ओलीले निजी सचिव नियुक्त गरेका हुन् । मंसिर २०८०मा जनसंख्या मन्त्रालयमा आउनुअघि कुँवर गण्डकी प्रदेशमा ३ वर्ष प्रदेश सचिवका रुपमा रहेर काम गरेका थिए ।
उनले विगतमा आन्तरिक राजस्व विभागमा पनि १४ महिना महानिर्देशक भएर काम गरेका थिए । विगतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित लोकसेवा आयोगमा काम गरेका कुँवरले प्रधानमन्त्रीको निजी सचिवालयको नेतृत्व गर्नेछन् ।
विगतमा प्रधानमन्त्री कार्यालमा बस्दा उनले सिंहदरबारमा सरसफाइ र हरियाली प्रवर्द्धन गर्ने कामको नेतृत्व गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छाअनुसार यो काम अघि बढेपनि कुँवरको सरूवा पछि अभियान अलपत्र परेको थियो ।
कर्मचारी केपी शर्मा ओली प्रधानमन्त्री प्रशासन बिनोदबहादुर कुँवर विनोदबहादुर कुँवर सहसचिव




