यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
अनेकन प्रतिगमन दूषित परिणाम निस्कने खतरा बढेपछि टुलुटुलु हेर्न सकेनौं : kp ओली
अनेकन प्रतिगमन दूषित परिणाम निस्कने खतरा बढेपछि टुलुटुलु हेर्न सकेनौं : kp ओली
थाङ्मी चागु डट कम संवाददाता
२०८१ साउन ६ गते
६ साउन, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले थिति र विधि बसाल्न नसकेको टिप्पणी गरेका छन् । यही कारण संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनु परेको उनको भनाइ छ ।
आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘प्रतिपक्ष लक्षित कुनै टिप्पणी गर्न चाहन्न । तर, यति चाहिँ भन्छु – नेपाली कांग्रेस र नेकपा एमाले जस्ता बलिया पार्टीले पटक–पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय समातेन । सरकारले थिति बसान सकेन । थिति बसाल्ने रुची पनि राखेन,’ प्रधानमन्त्री ओलीले भने ।
यहीँनेर प्रधानमन्त्री ओलीले भनेका छन्, ‘जसको कारण समाजमा अनेकन दुषित परिणाम निस्कने खतरा बढ्यो । त्यसलाई हामीले टुलुटुलु हेरेर बस्न सकेनौं । यही कुरालाई आत्मसमाथ गरी पुरानो सरकारको ठाउँमा यो नयाँ सरकार बनाएका हौं ।’
अघिल्लो सरकारले थिति र विधि बसाल्न नसकेका कारण नयाँ सरकार बन्नुपरेको प्रधानमन्त्री ओलीको प्रष्टीकरण छ । विगतमा पनि कांग्रेस र एमालेका सरकार बनेको र यसपटक निश्चित उदेश्यसहित बनेको उनले बताए ।
केपी शर्मा ओली





