थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
जसपाका सांसदले रोष्ट्रममै भने : मैले नै ५ हजार घुस दिएर आएँ
जसपाका सांसदले रोष्ट्रममै भने : मैले नै ५ हजार घुस दिएर आएँ
थाङ्मीचागु डटकम सम्बादाता
२०८१ साउन ६ गते
६ साउन, काठमाडौं । जनता समाजवादीका सांसद विरेन्द्र महतोले विचौलिया र भ्रष्टाचारले जरा गाडेको बताएका छन् । हालै मात्र आफूले ५ हजार रुपैयाँ घुस दिनु परेको उनले संसद्मै सुनाए ।
विश्वासको मत लिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै जसपाका सांसद महतोले निजामती कर्मचारीको तलब निकै कम भएको बताए ।
तलब कम भएका कारण उनीहरूले घुस खाने गरेको भन्दै उनले भने, ‘म भूपू मन्त्री, मैले नै हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर आएको छु ।’
उनका अनुसार छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट गर्नुपर्ने थियो । ११ बजे गएको छोरालाई त्यो मिलेन भनेर ३ बजेसम्म काम नगरिदिएको उनले बताए ।
‘म आफैं गएँ, एउटा अधिकृतले कागज मिलेको छैन भन्यो’ त्यसपछि चिया खाने समय भयो भन्दै बाहिर गएको भन्दै उनले भने, ‘४ बजेसम्म कुरेँ (कर्मचारी) आएनन्, म गएर विचौलियालाई ५ हजार दिएँ, ५ मिनेटमा काम भयो ।’
विरेन्द्र महतो




