थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
संसदमै उठ्यो उपसभामुखमाथि गम्भीर प्रश्न, छानबिनको माग
संसदमै उठ्यो उपसभामुखमाथि गम्भीर प्रश्न, छानबिनको माग
थाङ्मीचागु डट कम संवाददाता
२०८१ साउन ६ गते
६ साउन, काठमाडौं । उपसभामुख इन्दिरा रानामाथि प्रतिनिधि सभाको बैठकमै प्रश्न उठेको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सुरुमै कांग्रेसका सांसद रामहरि खतिवडाले असम्बन्धित पाँच जना व्यक्तिलाई अमेरिका पठाउन उपसभामुख रानाले आफ्नो लेटरहेटड प्रयोग गरेको बताए । यसलाई उनले मानव तस्करसँग जोडेर ब्याख्या गरे ।
‘संसदसँग कुनै साइनो नभएका पाँच जना मान्छे मानव तस्करले प्रयोग गरेर अमेरिकाका भिसाको लागि अन्तरर्वार्ताका लागि प्रयोग गरेको पत्र प्राप्त भयो । यस्तो अवस्थामा उपसभामुखले अब संसदको कमाण्ड गर्न सुहाउँछ कि सुहाउँदैन ?’ सांसद खतिवडाले भने ।
प्रतिनिधि सभामा कुनै पत्र आए सभामुख हुँद महासचिव मार्फत परराष्ट्रमन्त्रालय पुग्नुपर्नेमा त्यसो नभएको भनेर उनले प्रश्न गरे । यो कसले के प्रयोजनका लागि भएको हो भनेर छानबिन गरिनुपर्ने उनको माग छ ।
उपसभामुख रानाले पनि संसदभन्दा बाहिर बसेर छानबिनका लागि सहयोग गर्नुपर्नेम उनको माग छ ।
आफैंले सिफारिस गरेका व्यक्तिलाई उपसभामुखले नचिनेको समेत भनेको उल्लेख गर्दै उनले पैसा लिएर यस्तो काम गरेको आरोप लागेको समेत बताए ।
इन्दिरा राना मगर उपसभामुख रामहरि खतिवडा




