विश्वका सञ्चारमाध्यममा नेपालको बाढीप्रकोप ब्रेकिङदेखि गहन विश्लेषणसम्म ।।।
2026-08-27नेपाली सेनाका क्याप्टेनसहित ८५ सुरक्षाकर्मी अझै सम्पर्कविहीन ।।।
2026-08-27
Thursday, August 27, 2026
प्रधानमन्त्री नियुक्तिपछि ओलीले भने– सबैमा सम्मान, सबैलाई धन्यवाद
प्रधानमन्त्री नियुक्तिपछि ओलीले भने– सबैमा सम्मान, सबैलाई धन्यवाद
थाङमिचागु डटकम संवाददाता

३० असार, काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै केपी शर्मा ओलीले सबैलाई धन्यवाद दिएका छन् ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । लगत्तै सामाजिक सञ्जालमा ओलीले लेखेका छन्, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद ।’
नवनियुक्त प्रधानमन्त्री ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।





