विश्वका सञ्चारमाध्यममा नेपालको बाढीप्रकोप ब्रेकिङदेखि गहन विश्लेषणसम्म ।।।
2026-08-27नेपाली सेनाका क्याप्टेनसहित ८५ सुरक्षाकर्मी अझै सम्पर्कविहीन ।।।
2026-08-27
गैंडाकोटमा नारायणी किनारमा २ जनाको शव भेटियो
गैंडाकोटमा नारायणी किनारमा २ जनाको शव भेटियो
थाङमिचागु डटकम संवाददाता

२९ असार, चितवन । पूर्वी नवलपरासीको गैंडाकोटस्थित थुम्सीमा नारायणी नदी किनारमा दुई जनाको शव भेटिएको छ । नदी किनारमा शवहरु देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले गैडाकोट नगरपालिका-७ मा दुई जनाको शव भेटिएको र सनाखत हुन बाँकी रहेको एक सूचना मार्फत जानकारी गराएका छन् । ती शवहरु भरतपुर महानगरपालिका २९ सिमलताल पहिरोमा बससँगै बगेका यात्रुको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरीका अनुसार एक जना १८/२० बर्षको र अर्को २५/३० बर्षको पुरुषको शव भेटिएको छ । ती शवहरुको बेपत्ताको खोजीका लागि भरतपुरमा आएका आफन्तहरुलाई देखाएर पहिचान गराइने प्रहरीले जनाएको छ ।
यसअघि शनिबार बिहान भरतपुर महानगरपालिका- २८ गोलाघाटमा एक जना बसका यात्रु भारतीय नागरिकको शव फेला परेको थियो ।





