रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21
Tuesday, October 22, 2024
धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपतिको आह्वान
धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपतिको आह्वान
थाङमिचागु डटकम संवाददाता
२८ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।
उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेश गर्न ७२ घन्टा समय दिएका हुन् ।
संसद्को दुई ठूला दलबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइरहेको छ । कांग्रेस र एमालेले दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने तयारी गरेका छन् ।