अहिले उद्धार जारी छ…दुवै बसको केही भाग त्रिशूलीमा देखिएको सस्तप्रहरि

0Shares

अहिले उद्धार जारी छ…दुवै बसको केही भाग त्रिशूलीमा देखिएको सस्तप्रहरि

थाङमिचागु डटकम संवाददाता

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन्। ती बसमा चालकसहित ६५ जना यात्रु रहेको अनुमान लगाईएको छ !❣️

चितवन :  नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहित आएको पहिरोले बगाएर त्रिशूली नदीमा दुईवटा बस बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५  जना रहेका  चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। 

 यादवका अनुसार शुक्रबार बिहान ३:३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेको हो। 

प्रजिअ यादवका अनुसार  गौर जाँदै गरेको बसमा ४१  र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, ‘हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।’ उनले ती बसमा रहेका यात्रुको  यकिन विवरण प्राप्त भइ नसकेको बताए।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *