बाढीको जोखिम बढेपछि चीनमा खोज तथा उद्धार अभियान रोकियो !!!
2026-08-28कोशी प्रदेशका १५३ मध्ये १३८ जना अझै सम्पर्कविहीन !!!
2026-08-28
Friday, August 28, 2026
पहिरोले कालीगण्डकी करिडोर ३ दिनदेखि बन्द
पहिरोले कालीगण्डकी करिडोर ३ दिनदेखि बन्द
थाङमिचागु डटकम संवाददाता

२४ असार, बागलुङ । लगातार वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ३ दिनदेखि यातायातका चल्न सकेका छैनन् । करिडोरको चार ठाउँमा पहिरो खसेकाले अहिलेसम्म यातायातका साधन सञ्चालन हुन हुन नसकेका हुन् ।
शनिबार बिहानैदेखि उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङमा ट्र्याक नै बगेकाले सडक खुल्न समय लाग्ने बागलुङ नगरपालिकाका उपप्रमुख राज खड्काले बताए ।
करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउलेखोला र जिमिरघाटमा पहिरो खसेको छ ।





