७१ औँ प्रहरी दिवसमा अमर प्रहरीप्रति श्रद्धाञ्जली गृहमन्त्री सुधन गुरुङद्वारा सम्बोधन
2026-10-16दोलखाको लापिलाङमा दोलखा जिल्ला पुरुष फुटबल प्रतियोगिता सुरु
2026-10-16
Saturday, October 17, 2026
कैलालीमा खोलाले बगाएर युवतीको मृत्यु
थाङमिचागु डटकम संवाददाता

१९ असार, धनगढी । कैलालीमा खोलामा बगेर युवतीको मृत्यु भएको छ ।
गौरीगंगा नगरपालिका–११ कि २० वर्षीया सुस्मिता चौधरीको सोही ठाउँको कटैनी खोलामा काठको पुल तर्ने क्रममा आएको बाढीले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले चौधरीको शव बगाएको स्थानभन्दा केही तल फेला परेको बताए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ गण बनबेहडाका सशस्त्र प्रहरी निरीक्षक सुशील भट्टको कमाण्डको टोलीले खोजतलासका क्रममा उनको शव फेला पारेको हो ।





