पत्रकार टेकराज थामीको सकुशल उद्धार गर्न फोनिजको माग ।।।
2026-08-28बाढीको जोखिम बढेपछि चीनमा खोज तथा उद्धार अभियान रोकियो !!!
2026-08-28
Friday, August 28, 2026
उत्तर प्रदेशको धार्मिक मेलामा भागदौड, कम्तीमा ५० जनाको मृत्यु
उत्तर प्रदेशको धार्मिक मेलामा भागदौड, कम्तीमा ५० जनाको मृत्यु
थाङमिचागु डटकम संवाददाता

१८ असार, काठमाडौं । भारतको उत्तर प्रदेशको धार्मिक मेलामा भागदौड हुँदा कम्तीमा ५० जना तीर्थयात्रीको मृत्यु भएको छ ।
उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित सत्सङ्ग कार्यक्रममा मंगलबार घटना भएको हो । हाथरसका स्थानीय अधिकारी आशिषकुमारले ५० देखि ६० जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको जनाएका छन् ।
घटनामा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको बताइएको छ । कयौं महिला तथा बालबालिका अझै हराइरहेका छन् ।
घटनामा परी घाइते भएका सयौंको अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार एक जना कथावाचकको प्रवचन सुन्न हजारौँ भेला भएको ठाउँमा भागदौड भएको थियो । भागदौडको कारण स्पष्ट भइसकेको छैन ।





